×

नेकपाद्वारा देव गुरुङको संयोजकत्वमा वाम एकता वार्ता समिति गठन; प्रधानमन्त्री बालेन र विद्या भण्डारीबारे प्रचण्डको यस्तो टिप्पणी

images

काठमाडौँ ६ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विचार मिल्ने कम्युनिस्ट तथा देशभक्त गणतन्त्रवादी दल र समूहहरूसँग पार्टी एकताका लागि पहल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षतामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो। 

गठित वार्ता समितिको संयोजकमा देव गुरुङ रहनुभएको छ भने सदस्यहरूमा प्रवक्ता प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ हुनुहुन्छ। प्रवक्ता ज्वालाका अनुसार यो समितिले मुलुकमा एउटै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माणका लागि अन्य पक्षहरूसँग भोलिदेखि नै संवाद प्रक्रिया अगाडि बढाउनेछ। 

प्रधानमन्त्री बालेन र विद्या भण्डारीबारे प्रचण्डको धारणा

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारबारे बोल्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे आफ्नो धारणा राख्नुभएको थियो। प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुभएका प्रधानमन्त्री बालेन शाहको काम र गतिविधिको आफूले नजिकबाट मूल्याङ्कन गरिरहेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनको संकटबारे नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा आवाज उठाएको दाबी समेत गर्नुभयो।
 प्रचण्डले पछिल्लो समय राजनीतिक वृत्तमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बढ्दो सक्रियता र सम्भावित पुनरागमनलाई लिएर भइरहेका बहसहरूतर्फ सङ्केत गर्दै समसामयिक राजनीतिक सन्तुलनबारे आफ्नो विश्लेषण प्रस्तुत गर्नुभएको थियो।

बैठकका अन्य ४ महत्त्वपूर्ण निर्णयहरू:

१,दुई महिने विशेष जनअभियान: पार्टी र जनवर्गीय संगठनहरूको समायोजन, नयाँ सदस्यता वितरण तथा नवीकरण एवं पार्टी संगठन सुदृढीकरणका लागि देशभर दुई महिने विशेष जनअभियान सञ्चालन गरिनेछ। यसको विस्तृत कार्ययोजना आगामी सचिवालय बैठकले तय गर्नेछ। 

२,महाधिवेशनको तयारी: पार्टीको आसन्न महाधिवेशन तथा विभिन्न तहका अधिवेशनहरूको विषयमा आवश्यक निर्णय लिन आगामी सचिवालय बैठकमा सघन छलफल गरिनेछ।

३, बाढीपीडितका लागि राहत र पुनर्निर्माण: भोटेकोशी, रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सिङ्गो पार्टी पङ्तिलाई परिचालन गर्ने निर्णय भएको छ। क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारसँग प्रभावकारी पहल गरिनेछ।

४, पार्टीमा समायोजन प्रक्रिया: विचार मिल्ने साना वामपन्थी घटक र समूहहरूलाई पार्टीमा समाहित गर्ने एजेन्डालाई प्राथमिकताका साथ अघि बढाइनेछ। 

बैठकको सञ्चालन सहसंयोजक माधवकुमार नेपालले गर्नुभएको थियो। बैठकले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे स्पष्ट मार्गचित्र तय गरेको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो। 

मङ्गलबार ६ असोज २०८३ ०८:३३ PM मा प्रकाशित

प्रतिक्रिया