×

लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै संसदीय दलका उपनेता चेतनारायण आचार्य

images

बुटवल। नेकपा एमालेबाट लुम्बिनी प्रदेशको सरकारको नेतृत्व संसदीय दलका उपनेता चेतनारायण आचार्यले गर्ने भएका छन्।

यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने भएका हुन्। यसअघि संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्काजस्तै थियो।  एमाले र कांग्रेसले आचार्यलाई मुख्यमन्त्री बनाउने गरि दाबी पेश गर्ने तयारी गरेका छन्।  

प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीका अनुसार, उपनेता आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिएको छ।  ‘पार्टीले उहाँ (चेतनारायण आचार्य) लाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको छ,’ उनले भने, ‘पार्टी केन्द्रकै निर्देशन अनुसार यस्तो निर्णय भएको हो।’

आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका थिए भने उनी माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए। त्यस्तै त्यसअघि लीला गिरी नेतृत्वको सरकारमा आचार्य ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए।

एमालेका केन्द्रीय सदस्य समेत रहेका आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन्। 

सोमबार ७ साउन २०८१ ०१:०४ PM मा प्रकाशित

प्रतिक्रिया