×

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

images

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १८ सयले बढेर तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९३ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर २३२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २२८५ मा कारोबार भएको थियो  

 

मङ्गलबार ७ साउन २०८२ १०:४६ AM मा प्रकाशित

प्रतिक्रिया