काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऐन जारी नहुँदासम्म आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्।
शिक्षकहरूले पटक/पटक वार्ता गरेर पनि असफल भएको भन्दै यो पटक धैर्यतापूर्वक आन्दोलन जारी राख्न उनको आग्रह छ।
‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु। तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको, पटक-पटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ। यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ। शिक्षकहरूको अझै धेरै छ,’ उनले भने।
एमालेकै नेतृ विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिने स्थिति बन्नुले शिक्षकका मागप्रति सरकारको गैरजिम्मेवारी प्रमाणित भएको बताए।
शिक्षकहरूले गरेको माग नयाँ नभएको भन्दै सम्झौता अनुसार अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओली नकारात्मक भएको प्रचण्डको जिकिर छ।
प्रतिक्रिया