×

सुनको भाउले ऐतिहासिक रेकर्ड बनायो

images

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ। त्यसको असर स्थानीय बजारमा पनि परेको छ।

आज एक तोला पहेँलो धातुको मूल्य एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो। स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा छ हजार ९०० ले सुनको भाउ बढेको हो। चाँदीको मूल्य पनि तोलामा १० ले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

मङ्गलबार ९ बैशाख २०८२ १२:०९ PM मा प्रकाशित

प्रतिक्रिया