×

पशुपति जलहरी प्रकरण पुग्यो सर्वोच्च

images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा अनियमितता भएको सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियारले सो मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो । विशेष अदालतले सो मुद्दाका प्रतिवादीहरु डा.प्रदीप ढकाल, डा.मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई प्रमाण नपुग्ने भन्दै सफाइ दिएको थियो ।

प्रतिवादीत्रयलाई सो मुद्दामा दोषी ठहर गरी बिगो, जरिवाना तिराउनु पर्ने र कैद सजाय पनि गरिनुपर्ने अख्तियारको माग दाबी छ ।

पशुपति क्षेत्र विकास कोषले नेपाल राष्ट्र बैंकबाट १०३,७७३.१ ग्राम सुन खरिद गरेकोमा जलहरीमा १,४९१.७१८ ग्राम शुद्ध सुन कम देखिएको अख्तियारको दाबी छ ।

शनिबार १० फागुन २०८१ ०७:५२ AM मा प्रकाशित

प्रतिक्रिया