राष्ट्रपति निर्वाचनका अन्तिम मतदाता नामावली आज सार्वजनिक हुँदै 

    images

    काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । निर्वाचनका लागि उम्मेदवारी दर्ता १३ फागुनमा तोकिएको छ । 
    निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक हुनेछ ।

    कार्यातालिकाअनुसार राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुने तय भएको छ । निर्वाचनमा संघीय संसद अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुन्छन् । जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरुको सूची पठाइसकेका छन् ।

    निर्वाचनका लागि आयोगले कार्यालय स्थापना गरिसकेको छ । आयोगले निर्वाचन अधिकृत भने पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकेको छ । निर्वाचनका लागि मतदान केन्द्र बिरेन्द्र अन्ताराष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवनमा तोएिको छ । 
     

    बुधबार १० फागुन २०७९ ११:०५ AM मा प्रकाशित

    प्रतिक्रिया