×

महानगरले भत्कायो अनामनगर रुद्रमती नदी क्षेत्रका अतिक्रमित संरचना

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर रुद्रमती नदी क्षेत्रमा रहेका अतिक्रमित संरचनामाथि डोजर चलाएको छ ।  बुधबार प्राविधिक र डोजर सहितको महानगरको टोलीले धोविखोला करिडोरमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका अनधिकृत संरचनाहरु भत्काएको हो ।

सो क्रममा करिडोरको सडक नजिकै रहेका घर र टहरालाई हटाइएको छ ।तीन महिना अगाडि नै सूचना गरेपनि अटेर गरेपछि भत्काउनुपरेको नगर प्रहरीको भनाई छ ।

महानगरको टोली पुगेपछि केहिले सामानहरु बाहिर निकालेका थिए भने केहिले विना सूचना आफ्नो बासस्थान भत्काएको गुनासो गरेका छन् । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रावधिकको रायको आधारमा सार्वजनिक स्थान मिचेर बनाइएको संरचना हटाइएको बताए।

उहाले धोविखोला करिडोर लगाएत अन्य स्थानमा रहेका अनधिकृत संरचनालाई महानगरले क्रमश हटाउदै जाने जानकारी दिए । अनधिकृत संरचना हटाउन पटक पटक सूचना जारी गरेपनि अटेर गरेकाले महानगरले नै हटाउनुपरेको उनको भनाइ छ ।

बुधबार ६ पुस २०७९ ०८:५९ PM मा प्रकाशित

प्रतिक्रिया