×

ब्राजिल र उरुग्वेले खेले बराबरीमा

images

काठमाडौं ।  दक्षिण अमेरिकी विश्वकपअन्तर्गत भएको खेलमा ब्राजिल र उरुग्वे बराबरीमा रोकिएका छन् । गए राति भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले १/१ गोल गरे । खेलको ५५औँ मिनेटमा उरुग्वेका लागि फेडेरिकोले गोल गर्दै ब्राजिलविरुद्ध टिमलाई अग्रता दिलाए ।

तर, ६२औँ मिनेटमा ब्राजिलका लागि गियरसनले बराबरी गोल फर्काए । यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।त्यस्तै अर्को खेलमा चिलीले भेनेजुएलालाई ४-२ गोलले पराजित गरेको छ भने कोलोम्बियालाई इक्वेडरले १-० ले स्तब्ध पार्‍यो । उता पाराग्वे र बोलिभियाबीचको खेल भने २-२ गोलको बराबरीमा सकिएको छ ।

यो खेलसँगै १२ खेल खेलेको ब्राजिल १८ अंकका साथ अंकतालिकाको पाँचौँ स्थानमा छ भने समान खेलबाट २० अंकका साथ दोस्रो स्थानमा छ । समान खेल खेलेको अर्जेन्टिना २५ अंकका साथ शीर्ष स्थानमा रहँदा इक्वेडर तेस्रो, कोलम्बिया चौथो स्थानमा छन् ।

बिहीबार ६ मंसिर २०८१ ०९:४८ AM मा प्रकाशित

प्रतिक्रिया