×

सुन मूल्यमा नयाँ रेकर्ड

images

काठमाडौं : नेपाली बजारमा दैनिक सुनको भाउले कीर्तिमान कायम गरिरहेको छ।

हिजो तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी प्रतितोला २०९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २०७५ रुपैयाँ थियो । 

सोमबार ५ कात्तिक २०८१ ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया