×

बेवारिसे अवस्थामा नवजात शिशु फेला

images

बाजुरा, ४ भदौ : जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँ पछाडि आज नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

सोही नगरपालिका–४ तोलीका स्थानीयवासीले बेवारिसे अवस्थामा नवजात शिशु झाडीमा फालेको देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

प्रहरी चौकी मौरेबाट खटिएको प्रहरी टोलीले झाडीमा जिउँदै नवजात शिशु बेवारिसे अवस्थामा फेला पारेको हो । 

नवजात शिशुको टाउकोमा चोट लागेकाले उपचारका लागि स्थानीय महिलाको जिम्मा लगाएर अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दानसिं भण्डारीले जानकारी दिनुभयो । झाडीमा नवजात शिशु जिउँदै रहेको प्रहरी निरीक्षक भण्डारीको भनाइ छ । नवजात शिशु बालक रहेको बताउनुभयो ।  

    नवजात शिशु कसले फालेको हो, भन्ने बारेमा जानकारी प्रहरीले लिइरहेको छ । नवजात शिशुलाई झाडीमा फाल्ने महिलाको खोजी कार्य भइरहेको छ । 

सोमबार ४ भदौ २०८० ०८:५३ PM मा प्रकाशित

प्रतिक्रिया