काठमाडौँ । यात्रुहरू लिएर मानाडो जाँदै गरेको इन्डोनेसियाली जहाजमा लागेको आगो नियन्त्रणमा आएको छ ।
यस जहाजमा रहेका ५६८ यात्रुहरूलाई उद्धार गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । यस आगलागीमा तीन यात्रुको मृत्यु भएको बताइएको छ । आइतबार उत्तरी सुलावेसीको तालिस टापु नजिकै इन्डोनेसियाली जहाजमा आगलागी भएको थियो । यस क्रममा केही यात्रुहरूले आफूलाई बचाउन समुद्रमा हाम फालेका थिए ।
आइतबार दिउँसो केएम बार्सिलोना ५ जहाजमा आगो लागेको थियो, जुन मानाडो तर्फ गइरहेको थियो । जहाज सुलावेसीको तालिस टापु जिल्लाको मेलोंगुआन बन्दरगाहबाट अगाडि बढेको थियो । अचानक जहाजको पछाडिको भागमा आगो लाग्यो । जहाजमा रहेका यात्रुहरूले आफ्नो ज्यान बचाउन समुद्रमा हाम फाल्न थालेका थिए ।
उद्धारकर्ताहरूले समुद्रबाट धेरै मानिसहरूलाई बाहिर निकाले र नजिकैका टापुहरूमा लगे र स्थानीय मछुवाहरूले पनि छालहरूमा फसेका केही बाँचेकाहरूलाई लाइफ ज्याकेट लगाएर उद्धार गरे ।
जहाजको पछाडिको भागमा लागेको आगो एक घण्टा भित्र निभाइएको थियो । सो घटनामा एक गर्भवती महिलासहित तीन जनाको शव निकालिएको छ । खोजी र उद्धार कार्य जारी छ, यद्यपि अहिलेसम्म कोही पनि हराएको बारेमा जानकारी रहेको छैन । जहाजमा ६०० जना यात्रुको क्षमता रहेको बताइएको छ ।
प्रतिक्रिया