×

सांसदहरुले पूर्वसहमति नलिई योजना छनोट गरे कार्यान्वयन नगर्ने बालेनको उद्घोष

images

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले महानगरभित्रका सांसदले पूर्वसहमति नलिई योजना छनोट गरेको खण्डमा कार्यान्वयन नगराउने बताएका छन् ।

आज (बुधबार) आर्थिक वर्ष २०८०/ ०८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरप्रमुख शाहले प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुले महानगरको पूर्वसहमति नलिई योजना छनोट गरे कार्यान्वयन हुन नदिने बताएका हुन् ।

संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा महानगरको पूर्वसहमति एवं समन्वय विना छनौट भएको योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिनेछ’ नीति तथा कार्यक्रम वाचन गर्दै उनले भने ।

काठमाडौं जिल्लामा १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० वटा प्रदेशसभाा निर्वाचन क्षेत्र छन् । तीमध्ये प्रतिनिधिसभाका ९ वटा र प्रदेशसभाका १२ वटा निर्वाचन क्षेत्र काठमाडौं महानगरपालिकाभित्र पर्छ ।

आगामी आर्थिक वर्षका लागि प्रतिनिधिसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा ५ करोड रुपैयाँको योजना छनोट गर्न पाउनेछन् ।

प्रतिनिधिसभा सदस्यले छनोट गरेका योजना संघीय सरकारले कार्यान्वयन गर्नेछ भने प्रदेशसभा सदस्यले छनोट गरेका योजना प्रदेश सरकारले कार्यान्वयन गर्नेछ ।

बुधबार ६ असार २०८० ०८:४८ PM मा प्रकाशित

प्रतिक्रिया