×

राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन

images

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको छ ।
     
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलका सदस्यमा गीता क्षेत्री राणा, युवराज लामा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं, डा शुभेन्दु गुप्ता, रवि राजकर्णिकर, सूर्यबहादुर अधिकारी, नीलेन्द्रराज श्रेष्ठ, सुमन डिसी, सुजिना गुरुङ, डा अचुतम लामिछाने र हरिहर श्रेष्ठ हुनुहुन्छ । 

राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले उहाँहरूलाई आज पत्र हस्तान्तरण गर्दै खेलकुद क्षेत्रको समग्र विकासको लागि पनि खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गर्न आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “योजना बनाउन जत्ति जरुरी छ त्योभन्दा पनि अझ महत्वपूर्ण पाटो योजनालाई कार्यान्वयन तहमा पु¥याउनु हो । कार्यदलमा विज्ञ र अनुभवी महानुभाव हुनुहुन्छ । यहाँहरूबाट मैले धेरै आशा गरेको छु ।” 

मङ्गलबार ७ असार २०७९ १०:०२ PM मा प्रकाशित

प्रतिक्रिया