×

जब उनले बुट ढोगिन्

images

पोखरा। पोखरा रंगशाला एथलेटिक्स ट्र्याकमा ५ हजार मिटर दौडमा कीर्तिमानसहित स्वर्ण जित्ने लक्ष्य पूरा नभए पनि स्वर्ण जित्दै बुटलाई ढोगिन्, उनले । बाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले चोटसँग जुध्दै नवौं राष्ट्रिय खेलकुदमा आपूmले सहभागिता जनाएको दुवै विधामा स्वर्ण जित्न सफल भएकी हुन् ।

राष्ट्रिय कीर्तिमान लक्ष्यसहित दौडिएकी सन्तोषीले सोचेजस्तो समय निकाल्न नसकेको बताइन् । चोटकै कारण दुखाइबीच दौड छाड्नेसम्म मनस्थिति बनाएकी उनले कीर्तिमानभन्दा दौड पूरा गर्ने निर्णय गरिन् । दौडिन् र स्वर्ण जितिन् ।

‘खेलको सुरुमा एकदम दुखाइ भइरहेको थियो,’ उनले भनिन्, ‘दौडन सक्दिनँ भन्ने लागेको थियो । दौड छाड्नुपरेन, त्यसैले बुटलाई ढोगें ।’ नवौंमा १० हजार मिटर दौडमा पनि स्वर्ण जितेकी सन्तोषीले बुधबार ५ हजार मिटरमा कीर्तिमानी प्रयास गरे पनि खुट्टा र शरीरले साथ नदिएको बताइन् । राजधानी दैनिकबाट

बिहीबार ३ कात्तिक २०७९ ०८:११ AM मा प्रकाशित

प्रतिक्रिया