काठमाडौं । सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । गृह मन्त्रालयको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डिआईजीको बढुवा गरेको हो।
डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरिएको हो। गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको गत शुक्रबारको बैठकले बढुवाका लागि बढुवा गर्न सिफारिस गरिएको थियो।
आईजीपी धिरजप्रताप सिंह र बाँकी ३ एआईजी चैत ११ गतेदेखि अनिवार्य अवकासमा जाने भएपनि त्यसपछिको नेतृत्व गर्ने प्रहरी डीआईजी नै थिए। एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी चैत ११ गतेदेखि अवकासमा जाने भएपछि पाँच डीआईजीको बढुवा भएको हो।
प्रतिक्रिया