काठमाडौं । मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै रोकिदिन आग्रह गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् यस्तो अनुरोध गरेका हुन् । यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर गरिएको प्रचारले अत्यन्त दुःखी बनाएको भन्दै उनीहरुले भ्रममा नपर्न सुभचिन्तकहरुलाई आग्रह गरेका छन् । आचार्यले आफूहरू अहिले चलचित्रमा काम गरिरहेका बेलामा भ्रम छरेर दुःख दिने काम भएको गुनासो गरेका छन् ।
“यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर अनर्गल प्रचार गरिएको छ । यसले अत्यन्त दुःखी गराएको छ । संसारमा राम्रो पनि छन् नराम्रो पनि हामीले राम्रोमात्रै छानेर काम गर्दै आएका छौँ,” श्रेष्ठले भनेका छन्, “रोगका विषयमा हामीले जनचेतना फैलाउने काम गरेका छौँ ।” भिडियो सन्देशमार्फत् आफूहरुमाथि लगाइएको आरोप सत्य नभएको बताए ।
मदनकृष्ण श्रेष्ठले आफूहरुविरुद्ध अनर्गल प्रचार हुँदा चित्त दुखेको बताए । ‘हामीले सबैलाई आफ्नो सम्झिन्छौं, आफ्नो हितैषी सम्झिन्छौं । हितैषीहरुबाटै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको,’ मदनकृष्णले भनेका छन्, ‘संसारमा राम्रा कुराहरु पनि छन्, नराम्रा कुराहरु पनि छन् । राम्रा–राम्रा छानेर मात्रै हामीले काम गर्दै आएइरहेका छौं ।’
महजोडीको खण्डनको पूर्णअंश
मह जोडीले यूएस एडको पैसा लिएर धर्म विरोधी काम गरे । धर्म विरोधी प्रचार गर्दै हिँडे भन्दै अनर्गल प्रचार भइरहेको छ । यसले हामीलाई चित्त दुखाइ भएको छ । हामी सबैलाई आफ्नो सम्झन्छौं । तर, हितैसिबाटै यस्तो कुरा सुन्नुपर्दा अत्यन्तै चित्त दुखेको छ । हामीलाई राम्रो र नराम्रो दुवै कामको अफर आउँछ । यसमा हामीले राम्र्रो राम्रो मात्र छानेर काम गर्दै आइरहेका छौं ।
कुष्टरोग, क्षयरोग र खोपका कुराहरुमा हामीले काम गरेका छौं । यी कुनैपनि अधर्मको काम होइन । तपाईंहरुले हाम्रो टेलिफिल्म पूरा हेरेर मात्र बोल्नु भए हुन्छ । नचाहिँदो कुरा हामीले बोलेका छैनौं । अनर्गल प्रचार नगरिदिनुहोला । अहिले हामी दुईवटा चलचित्रको छायाँकनमा छौं । एउटा मदनदाई र अर्को मैले खेलिरहेका छौं । यस्तो अन्र्गल प्रचारहरु आउनुअघि नै हामीले भगवानको मन्दिरमा चलचित्रको शुभारम्भ गरेका थियौं । र यो यूएस एडको कुरा हाउँछ ।
जहाँसम्म हामीलाई लाग्छ हामीले बनाएका मदनबहादुर, हरिबहादुर र आमा र विभिन्न खोपका कार्यक्रम हामीले गरेका छौं । त्यो सबै हामीले यूट्युमा कितावजस्तै छर्लङ्ग हुनेगरि राखेका छौं । त्यो तपाईहरुले पल्टाएर हेर्नु भए हुन्छ । त्यहाँ हामीले सनातन हिन्दु धर्म र वौद्ध धर्मको विरोध गरेका छैनौं । र ,अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं । यो खनर्गल प्रचार हो । हामीले २०५२ सालमा पञ्चाय व्यवस्थाको सराद्दधे भन्ने एउटा कार्यक्रम गरेका थियौं । हामीले त्यो पात्रको प्रवृत्तिको बारेमा व्यंग्य गरेका थियौं । पिण्डत भन्दैमा भगवना हुँदैनन् ।
म पनि एउटा पण्डितको छोरा हुँ । व्यंग्य भनेको नेता, पुलिस, डाक्टर, वकिल, कलाकार सबैलाई गर्न पाईन्छ । त्यही टेलिफिल्मा साना साना टुक्रा राखेर सनातन धर्मको विरोध गर्यो भनेर प्रचार भइरहेको छ । तर,हामी हाम्रो काममा निरन्तर लागिरहन्छौं । यसता कुराहरु आयो भनेर हामी हतोत्साहित भएर पछाडि फर्कदैनौं । हामी नेपाली जनतालाई अहाग्रह गर्न चाहान्छौं । यस्ता भ्रामक कुराको विश्वास नगरिदिनुहोला ।
https://www.youtube.com/watch?v=0eyhq3RkANg
प्रतिक्रिया