×

एमसीसीको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

images

काठमाडौं। एमसीसीको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।  सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा समितिको बैठक बसिरहेको हो । 
बैठकले एमसीसी टेबल गर्न कार्यसूची तय गर्ने बताइएको छ।  आजै दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ  भने सत्ता गठबन्धनमा एमसीसी टेबल गर्नेबारे सहमति भइसकेको छ।  

 

आइतबार​ ८ फागुन २०७८ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया