×

त्रिभुवन विमानस्थलको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

images

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन हुन पुगेको छ । सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय तर्फको उडान प्रभावित भएको छ । 

अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य केही घण्टा यतादेखि प्रभावित भएको छ । अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर नचले सेवा ठप्प हुन्छ । जसका कारण विमानहरु समयमै उड्न पाएका छैनन् भने विमानस्थल आइपुगेका सयौं यात्रु समस्यामा परेका छन् ।

 सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान प्रभावित भएको अध्यागमनका एक अधिकारीले जानकारी दिए । सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका ९ वटा जति उडान प्रभावित भएको बताइएको छ । 
 

सोमबार ८ फागुन २०७९ ०३:२६ PM मा प्रकाशित

प्रतिक्रिया