×

कतार विश्वकपमा एम्बाप्पेले पाए गोल्डेन बुट, मेस्सीलाई गोल्डेन बल

images

 काठमाडौं । विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । मेस्सीले यो अवार्ड जितेको दोस्रो अवसर हो ।

images

मेसीको नेतृत्वमा ३६ वर्षपछि अर्जेन्टिनाले जित्यो विश्वकप

काठमाडौं । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानी...

सन् २०१४ को विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा पनि मेस्सीले यो अवार्ड जितेका थिए दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । 

फाइनलमा ह्याट्रिक गोल गरे पनि एम्बाप्पेले फ्रान्सलाई विश्वकप उपाधि दिलाउन सकेनन् । उनी विश्वकप फाइनलमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । विश्वकपका सात खेलमा ८ गोल गरेका पेरिस सेन्ट जर्मेइन पीएसजीका २३ वर्षे सुपरस्टार एम्बाप्पेले पहिलोपल्ट गोल्डेन बुट जितेका हुन् । फाइनल खेलमा उनले ह्याट्रिक समेत गरेका थिए ।

उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डन ग्लोबको उपाधि अर्जेन्टिनाका एमी मार्टिनेजले जिते । उनले फाइनलमा फ्रान्सका दुईवटा पेनाल्टी रोक्नुका साथै खेलअवधिमा फ्रान्सका थुप्रै प्रयास विफल बनाएका थिए ।

सोमबार ४ पुस २०७९ १०:३६ AM मा प्रकाशित

प्रतिक्रिया