काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाका अनुसार दिउँसो ४ बजे प्रदेश सभाको बैठक बस्दैछ । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने कार्यक्रम छ । सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । सोही प्रावधान अनुरुप यादवले मुख्यमन्त्रीमा नियुक्त भएका १५ दिनपछि विश्वासको मत लिन लागेका हुन् ।
प्रतिक्रिया