काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजमसान्तसम्ममा यस्तो सञ्चिति १६ अर्ब ६० करोड रुपैयाँ अमेरिकी डलर पुगेको छ ।
गत असारमसान्तसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेकोमा असोजमसान्तसम्मा ९.४ प्रतिशतले वृद्धि भएको हो । गत असारको तुलनामा अमेरिकी डलरमा भने ८.७ प्रतिशतले वृद्धि भएको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति भने १९ खर्ब ८८ अर्ब रुपैयाँ छ । यो रकम गत असारको तुलनामा ७.५ प्रतिशतले बढी हो । बैक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असोजमसान्तसम्ममा २४४ अर्ब २७ करोड रुपैयाँ छ । यो रकम गत असारमसान्तको तुलनामा २६.९ प्रतिशतले बढी हो । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
चालु आव २०८१÷८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
प्रतिक्रिया