×

प्रधानमन्त्री प्रचण्ड इटली जाने

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार युनाइटेड नेशन फुट सिस्टम सम्मेलनमा सहभागी हुन इटली जाने भएका छन्।

बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको जानकारी दिइन् । सम्मेलन जुलाई २४,२५ र २६ मा इटालीमा हुँदैछ ।

एक साताको कार्यक्रमका लागि सहभागी हुने उनको भ्रमण बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा कृषिमन्त्री वेदुराम भुसाल पनि रहनेछन्। प्रधानमन्त्री प्रचण्ड साउन ६ गते बेलुका इटली प्रस्थान गर्ने र एक हप्तापछि फर्किने स्रोतले जनायो ।

बुधबारको मन्त्रिपरिषद बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा सोही अस्पतालका डाक्टर रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । 

बुधबार ३ साउन २०८० ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया