×

टिकापुरको प्रमुखमा रेशम चौधरीको नागरिक उन्मुक्ति विजयी

images

कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा रामलाल डगौरा थारु विजयी हुनुभएको हो ।  थारुले तीन दलीय गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नवराज रावललाई हराउनुभयो । उहाँले नौ हजार ६४२ मत ल्याउनुभयो ।  उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत ल्याउनुभएको छ । 

त्यस्तै उपप्रमुखमा नागरिक उन्मुक्तिकी उल्कादेवी विकलाई हराउँदै गठबन्धनबाट उपप्रमुखका उम्मेदवार खडक शाह विजयी हुनुभएको छ । शाहले सात हजार ९५५ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी विकले सात हजार ८०२ मत ल्याउनुभएको छ । टीकापुरमा तीन वडामा माओवादी केन्द्र, तीनमा कांग्रेस, दुईमा नागरिक उन्मुक्ति पार्टी र एउटामा एमाले विजयी भएको छ ।

बिहीबार ५ जेठ २०७९ ११:०२ AM मा प्रकाशित

प्रतिक्रिया