×

बजारमा सुनको मूल्य शुक्रबार पनि वृद्धि

images

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य शुक्रबार पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला सात सय रुपैयाँले वृद्धि भएको छ ।

प्रतितोला एक लाख ३८ हजार ६ सयमा बिहीबार कारोबार भएकामा आजका लागि भने एक लाख ३९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार छ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला  एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय २० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार​ ७ बैशाख २०८१ ०२:१४ PM मा प्रकाशित

प्रतिक्रिया