×

गोविन्द भट्टराईलाई जिताएर पठाउनुस् मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको उपनिर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेद्‍वार रहेका गोबिन्द भट्टराईलाई जिताएर पठाए आफूले मन्त्री बनाउने बताएका छन्।

चुनावी सभालाई सम्बोधन गर्न बुधबार तनहुँ पुगेका प्रधानमन्त्री प्रचण्डले गोबिन्द भट्टराईलाई जिताएर पठाए आफूले मन्त्री बनाउने बताएका हुन्।

उनले भने, ‘अहिले हाम्रै सरकार छ, यो उपचुनावपछि पनि सरकार हाम्रै नेतृत्वमा रहने हो। देशलाई सुशासन, शान्ति र संमृद्धितर्फ लैजाने हामीले नै हो। त्यसैले तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ।’

‘यसअघि मैले तनहुँ आएर रामचन्द्र पौडेलजीको लागि भोट मागेको थिएँ, त्यसबेला मैले उहाँलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको थिएँ। उहाँ मैले भनेकोभन्दा अझै ठूलो पदमा पुग्नुभयो, राष्ट्रपति बन्नुभयो।

अहिले फेरि गोविन्द भट्टराईकोलागि भोट माग्न तपाईंहरूको अघि उभिएको छु। अघि शेरबहादुरजीले भनिसक्नुभयो, तर अहिले म प्रधानमन्त्री छु, अहिले मन्त्री बनाउने मैले नै हो। म गोविन्द भट्टराईलाई मन्त्री बनाउँछु। हामी गठबन्धनका सबै शीर्ष नेताहरू यसमा प्रतिबद्ध छौं,’ उनले भने।

बुधबार ६ बैशाख २०८० ०९:०३ PM मा प्रकाशित

प्रतिक्रिया