×

विश्वकपमा तेस्रो भयो क्रोएसिया

images

काठमाडौं । क्रोएसियाले विश्वकप फुटबलको इतिहासमा दोस्रो पटक तेस्रो स्थान हात पार्न सफल भएको छ । गत विश्वकपमा उपविजेता बनेको क्रोएसियाले मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो स्थानमा कब्जा जमाएको हो । 

क्रोएसियाका जोस्को भार्डीयोल र मिस्लाभ ओर्सिचले एक एक गोल गरे भने मोरक्कोका अच्रफ दारीले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा जोस्कोले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, नवौं मिनेटमा दारीले गोल गर्दै मोरक्कोलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ४२ औं मिनेटमा ओर्सिचले गोल गर्दै क्रोएसियालाई २–१ को जित दिलाए ।

आइतबार​ ३ पुस २०७९ ०८:२७ AM मा प्रकाशित

प्रतिक्रिया