×

नवौं खेलकुद - आर्मीकी जयरानीलाई तेस्रो स्वर्ण

images

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला लङजम्पमा आर्मीकी जयरानी थारूले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । मंगलबार भएको खेलमा जयरानीले ५.५८ मिटर जम्प गर्दै कीर्तिमान सहित स्वर्ण जितेकी हुन् ।

यसअघि लुम्बिनीकी निशा चौधरीको नाममा ५.४७ मिटरको कीर्तिमान थियो। लुम्बिनी प्रदेशकी निशा चौधरीले रजत जितिन् । उनले ५.४९ मिटर जम्प गरिन् । ५.३१ मिटर जम्प गर्दै सिला चौधरीले कास्य जितिन् । यसअघि जयरानीले चार सय मिटर र एक सय १० मिटर हडल्र्समा पनि स्वर्ण जितेकी थिइन्।

मङ्गलबार १ कात्तिक २०७९ ११:११ AM मा प्रकाशित

प्रतिक्रिया