काठमाडौँ । नेपाल फिफा वरियतामा चार स्थान तल झरेको छ । फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७६औं स्थानबाट चार स्थान तल झरेर १८०औं स्थानमा पुगेको हो ।
पछिल्लो पटक लगातार हार बेहोरेपछि त्यसको असर फिफा वरियतामा परेको हो । गत मार्चमा सिंगापुरसँगको मैत्रीपूर्ण खेलमा १-० को जित हासिल गरेपछि खेलेका ६ खेलमा नेपालले ४ खेलमा हार बेहोरेको छ भने २ बराबरी खेलेको छ ।
त्यस्तै छिमेकी मुलुक भारत २ स्थान तल झर्दै १३६औं स्थानमा पुगेको छ ।
त्यस्तै फिफा वरियतामा स्पेन शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै अर्जेन्टिना एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ भने फ्रान्स तेस्रो स्थानमा झरेको छ । त्यसैगरी इङल्याण्ड चौथो र पोर्चुगल पाँचौं स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डस एक स्थान सुधार गर्दै छैटौं स्थानमा छ भने भने ब्राजिल एक स्थान तल झरेर सातौं स्थानमा पुगेको छ । त्यस्तै बेल्जियम आठौँ स्थानमा छ भने एक स्थान सुधार गर्दै इटाली नवौ र दुई स्थान सुधार गर्दै जर्मनी १०औं स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया