काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन्। उनी आजै अमेरिका जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। नेपालस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा उपलब्ध गराएसँगै उनी आज राति अमेरिका उड्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
त्यहाँ उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो शृङ्खला खेल्नेछन् । टोलीका अन्य सदस्य भने क्यानडामा लिग–२ खेलेर अमेरिका पुगिसकेका छन् । अमेरिकामा लिग–२ प्रतियोगिता अक्टोबर २५ तारिखमा सुरु हुँदैछ ।नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग २७ तारिखमा खेल्नेछ । लिग–२ मा तेस्रो टोलीको रूपमा स्कटल्यान्ड रहेको छ ।
‘इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को कार्यक्रम अनुसार नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच यही अक्टोबर २५ देखि नोभेम्बर ४, २०२४ सम्म अमेरिकामा सञ्चालन हुने आईसीसी सीडब्लुसी लिग–२ प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासबाट भिसा प्राप्त भएको’ क्यानले विज्ञप्तिमार्फत जनाएको छ।
उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया