×

सर्वोच्चमा जाने तयारी गरेका चोलेन्द्रलाई निवासबाट निस्किन रोक

images

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छ। आइतबार सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट बाहिर निक्लन रोक लगाइएको हो। प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोगको कारबाही टुंगो नलागेको भन्दै नियमित काममा फर्कने सूचना पाएपछि बाक्लो मात्रमा सुरक्षकर्मीहरु खटाइएको हो।

जबरालाई रोक्न सर्वोच्चको मूल गैटमै कार्यालय समअघिदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको हो। जबरा सर्वाेच्च फर्कने तयारी गरेपछि उननलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रुपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यालय नै सकिएपछि जबरा आइतबार सर्वाेच्च अदालत आउने बताएका थिए। जबरााविरुद्ध १ फागुन २०७८मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए। संविधानको धारा १०१ को उपधारा (६) र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ।

सरकारले जबरालाई सर्वोच्च जान नदिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको बताइएको छ । प्रहरी प्रधान कार्यालयले पनि जबराको सुरक्षामाका खटिएका सुरक्षा अधिकारीलाई सर्वोच्च जाने स्थिति नरहेको भन्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

उनले महाअभियोग शनिबार रातिबाटै निष्क्रिय भइसकेकाले आफू नियमित काममा हाजिर हुन पाउनुपर्ने बताएका छन्। ‘मलाई अदालत जान नदिनु भनेको नजरबन्द नै हो।’ उनले भनेका छन्। जबराले आफ्नो कार्यकाल मंसिर २७ गतेसम्म रहने जिकिर गरेका छन्। बिहानैदेखि प्रधानन्यायाधीश निवासको गेटमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने भित्रिने र बाहिरिने गाडीको कडा सुरक्षा चेकजाँच भइरहेको छ। त्यसै गरी नाम लेखाएर मात्र प्रवेश दिने गरिएको छ।

जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन बार एसोसिएसनलगायतका वकिलहरू अदालत परिसरमा धर्ना दिइरहेका छन् भने बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

आइतबार​ २ असोज २०७९ ०१:१५ PM मा प्रकाशित

प्रतिक्रिया