×

ब्याडमिन्टन एशिया क्षेत्रीय प्रतियोगिता आज बाट

images


ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ आज देखि शुरु भएको छ ।
अल्पबिकसित राष्ट्रहरुमा ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्धेश्यले ब्याडमिन्टन एशियाले संचालन गर्ने प्रतियोगितामा यु–१५ र यु–१७ गरि दुई क्याटेगोरीमा हुने स्पर्धामा छात्र एकल, छात्रा एकल, छात्र युगल, छात्रा युगल र मिक्स गरि ५÷५ विधा र छात्र तथा छात्राको टिम च्याम्पियनसिप गरि १२ विधामा प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो  ।
नेपाल एपिएफको हलचोकस्थित कभर्डहलमा हुने प्रतियोगिता नेपाल लगायत भुटान, श्रीलङका, बंगलादेश, मालदिभ्स र पाकिस्तान गरि ६ राष्ट्रका कुल ५२ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । जसमा छात्र तथा छात्रा तर्फ गरि २६÷२६ खेलाडीहरु रहेका छन् । प्रत्येक राष्ट्रबाट ८÷८ खेलाडी तथा नेपालबाट १६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । आयोजकको हैसियतले नेपाली खेलाडीहरुले एक विधामा ३ खेलाडीले स्पर्धा गर्न पाउनेछन् भने अन्य राष्ट्रबाट २ खेलाडीले स्पर्धा गर्न पाउनेछन् ।

यो प्रतियोगिता ओलम्पिक छात्रबृत्तीका लागि खेलाडी छनोटको आधार समेत रहेको र प्रत्येक देशबाट एक महिला र एक पुरष खेलाडी छनौट गरि मलेसियामा आयोजना हुने ओलम्पिक छात्रबृत्ती प्रतियोगितामा स्पर्धा पश्चात छात्रबृत्तीको लागि खेलाडी छनौट हुने ब्याडमिन्टन एशियाका बिकास ब्यवस्थापक सामबेन्थन शिभपेरुमलले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।
अर्का बिकास ब्यवस्थापक थानाबालन अरिकृष्णनले एशियामा ब्याडमिन्टनको विकास र विस्तार गर्न के कस्ता कार्यक्रमहरु हुनु पर्ने भन्ने छलफल र महिलालाई ब्याडमिन्टनमा आकर्षण गर्ने कार्यक्रम तर्जुमा गर्नका लागि ब्याडमिन्टन एशियाले यो कार्यक्रम संचालन गरेको बताए ।
ब्याडमिन्टन एशियाले एशियाका अल्पबिकसित राष्ट्रहरुलाई चार क्षेत्रमा विभाजन गरेर कार्यक्रम आयोजना गर्न लागिएको ब्याडमिन्टन एशियाका कार्यक्रम ब्यवस्थापक

एजी यिन मुनले जानकारी गराईन् । जसमा प्रतियोगिताका साथै साउथ एशिया लिडर्स डिभलपमेन्ट मिटिङ्ग, साउथ एशिया उमेन्स् इन ब्याडमिन्टन वर्कसप, साउथ एशिया रिजनल अमपायर कोर्स र साउथ एशिया जुनियर ट्रेनिङ्ग क्याम्प रहेका छन् ।
कार्यक्रमका लागि ब्याडमिन्टन एशियाका बिकास समितका चेयरम्यान वाजीद अली चौधरी पनि नेपाल आउने कार्यक्रम रहेको छ ।

शुक्रबार​ १ भदौ २०८० ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया