×

टेलिग्राम एप बन्द गर्न दूरसञ्चार प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

images

काठमाडौँ ।नेपाल दूर सञ्चार प्राधिकरणले टेलिग्राम एप बन्द गर्न सबै दूरसञ्चार प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

प्राधिकरणले टेलिग्राम एप मार्फत अनलाइन फ्रडको संख्या बढिरहेको र मनि लाउन्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता रहेकोले नेपालमा टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको जनाएको छ ।

यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले टेलिग्राम एप बन्द गर्न सञ्चार मन्त्रालयलाई पत्र लेखेको थियो ।

शुक्रबार​ ३ साउन २०८२ ०८:०६ PM मा प्रकाशित

प्रतिक्रिया