काठमाडौं, २ साउन । जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै सरकारले देशका २३ वटा जोखिमयुक्त जिल्लाहरूमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकको निर्णयअनुसार शनिबार र आइतबार ती जिल्लाहरूमा 'अति भारी वर्षा' भई बाढी-पहिरोको ठूलो जोखिम देखिएकाले सुरक्षा संवेदनशीलताका कारण यो कदम चालिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रातिको समयमा सडकको दृश्यता (भिजिबिलिटी) कम हुने र पहिरोको पूर्वानुमान गर्न कठिन हुने भएकाले जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै यस्तो विशेष प्रतिबन्ध घोषणा गरेको हो । परिस्थितिको गम्भीरता हेरेर आवश्यक परेको खण्डमा ती क्षेत्रका राजमार्गहरूमा दिवाकालीन सवारी साधनसमेत जुनसुकै समयमा रोक्न सकिने प्राधिकरणले चेतावनी दिएको छ ।
प्राधिकरणले रेड जोन (रातो रङ) मा वर्गीकरण गरी यातायात बन्द गराएका ४ वटा प्रदेशका जिल्लाहरू यसप्रकार छन् :
सम्भावित विपद्को तत्काल प्रतिकार्य र नागरिकको उद्धारका लागि सरकारले विशेष तयारी गरेको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विशेष विपद् व्यवस्थापन टोलीहरूलाई स्थानीय तह र स्वयंसेवकहरूसँग समन्वय गर्ने गरी 'हाई अलर्ट' मा राखिएको छ ।
पहिरोले राजमार्ग अवरुद्ध पारेमा तत्काल सडक खुलाउन जोखिमयुक्त सडकखण्ड र राष्ट्रिय राजमार्गहरूमा डोजर, एक्साभेटर र लोडर जस्ता हेभी उपकरणहरू अपरेटरसहित तयारी अवस्थामा राखिएको छ ।
नदी तटीय क्षेत्र र पहिरोको उच्च जोखिम रहेका बस्तीका नागरिकहरूलाई थप सतर्क रहन भनिएको छ भने आवश्यक परेमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।
प्राधिकरणले आम सर्वसाधारणलाई यो २ दिन अत्यन्त आवश्यक कामबाहेक घरबाहिर ननिस्कन, नदी किनारमा माछा मार्न वा काठ संकलन गर्न नजान र विशेष गरी रात्रिकालीन यात्रा पूर्ण रूपमा त्याग्न जोडदार अपिल गरेको छ ।
विपद् सम्बन्धी कुनै पनि घटनाको तत्काल जानकारी वा सहयोगका लागि सरकारले निम्न आधिकारिक हटलाइन नम्बरहरू जारी गरेको छ :
प्रतिक्रिया