काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पार्टीको विद्यान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विद्यानको संशोधनमाथि गम्भीरताका साथ छलफल र बहसमा सहभागी हुन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पोलिटब्यूरोका सदस्यहरुले गंभीरताका साथ छलफल वहसमा सहभागी हुने र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
पोखरेलले लेखेका छन्- पार्टीको बिधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गंभीरताका साथ छलफल गरियो । आज पोलिटब्यूरो सदस्यहरूका विचमा छलफल हुनेछ ! पोलिटब्यूरोका सम्पूर्ण कमरेडहरू गंभीरताका साथ छलफल वहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ !
विहिबार राति सम्पन्न केन्द्रीय सचिवालय बैठकले २५१ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय पदाधिकारी रहने नयाँ विधान स्वीकृत गरेको छ भने ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने व्यवस्था गरेको छ ।
प्रतिक्रिया