×

अल ऐन मा मगर संघले भुम्या पर्व मनाउदै

images

फलेन्द्र मगर 

युएई 
१८- जुन, २०२५ दुबई -युएई प्रकृति पुजक मगर समुदायले भुमि पूजा अर्थात् भुम्या पर्व यहि आउँदो जुन-२१ तारिख अल ऐन स्थित कुईताल लुलु हाईपर मार्केटको सभा हलमा मनाउन लागेको हो । १८ मगरात अर्थात कालीगन्डकी पारितिरका मगर हरु ले यो भुम्या पर्व विशेष रुपमा आफ्ना अन्नदाता धर्ती, हावा, पानी लाई आफ्नो एकमात्र जिउँने आधार मानी मनसुन शुरु भए सँगै खेतिपाती लाउने समय शुरु हुन्छ । खेतबारी मा लगाइएको बालीनाली कोदो, मकै,धान, जुन्यालो आदि इत्यादि अन्नबाली राम्रोसँग फलोस फुलोस भनेर प्रकृति लाई पूजा गर्ने परम्परा उहिल्यै देखि चलिआएको छ । 

 यहिँ परम्परा लाई निरन्तरता दिनका लागी प्रवासमा रहेका मगर हरु ले पनि भुमिको पूजापाठ गरि मनाउन । नेपाल मगर संघ शाखा, युएई अल ऐन क्षेत्रीय समितिले पनि यहिँ आउँदो २१- जुनको दिन कुईताल लुलु हाईपर मार्केट को सभा हलमा दिनको २:०० बजे मनाउन गैरहेको जानकारी कार्यक्रम संयोजक बसन्त रासकोटी मगरले बताउनु भयो।
 

बुधबार ४ असार २०८२ ०२:४६ PM मा प्रकाशित

प्रतिक्रिया