×

मानव बेचविखन गर्नु लोकतन्त्रका लागि चिन्ता : आयोग

images

 


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको सेवामा खटिएका निकायहरुबाट नै राज्य शक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाई मानव बेचविखन गर्नु लोकतन्त्रको लागि चिन्ताको विषय भएको बताएको छ।

आयोगद्वारा राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले राज्य शक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाई मानव बेचविखन गर्नु गम्भीर प्रकृतिको भ्रष्टाचारको विषय मात्रै बनाई मानव बेचविखन र ठगीको गम्भीर अपराध भएको बताएका हुन् ।

अध्यक्ष मगरले भ्रष्टाचारले सार्वजनिक जवाफदेहिता र पारदर्शितामा प्रभाव पार्ने र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, स्वास्थ्य, शिक्षा, आवास, खानेपानीलगायत नागरिकको जीविकोपार्जनमा असर पर्ने बताए। उनले भ्रष्टाचारका कारण दलित, महिला, जनजाति,आदिवासी, शारीरिक अशक्त भएका मानिसहरुको संरक्षणको सुनिश्चितता दिन नसक्ने बताए। राज्यले प्रदान गर्ने सेवा सुविधा सहज हुनुपर्ने उनको भनाइ छ।

उनले भ्रष्टाचारका मुद्दामा शून्य सहनशीलताको नीति अवलम्बन गरी उच्च मनोबलका साथ स्वतन्त्र, स्वच्छ र निष्पक्ष अनुसन्धानमार्फत संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन आग्रह गरे।

                                                                                                    
बिहीबार ४ जेठ २०८० ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया