×

एमसीसी संसदमा टेबल भए पाँच घण्टा बोल्छुः झलनाथ खनाल

images

काठमाडौं :  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी संसदबाट पास हुन नहुने बताएका छन् ।

संसद बैठकपछि सम्मानित नेता खनालले एमसीसी संसदमा टेबल भए सबै सांसदहरुले मत राख्न पाउनुपर्ने बताए । उनले भने, ‘एमसीसीमा गम्भीर आपत्तिका कुराहरु छन् । यो राष्ट्रलाई घात गर्ने पक्षका कुराहरु छन् । यी कुराहरु नसच्चिएसम्म संसोधन नगरेसम्म संसदबाट पास गर्न दिदैंनौं । संसदमा एमसीसी टेबल भए ५ घण्टासम्म बोल्न मन छ । सबै सांसदहरुले एमसीसीका बारेमा बोल्न पाउनुपर्छ ।’

शुक्रबार​ ६ फागुन २०७८ ०३:३३ PM मा प्रकाशित

प्रतिक्रिया