×

एमसिसीमा गम्भीर आपत्तिका कुरा छन्, नसच्चिएसम्म​ पारित हुन दिँदैनौँ : झलनाथ

images

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संशोधन नभएसम्म एमसिसी संसदबाट पास हुन नहुने बताएका छन् ।

शुक्रबारको संसद बैठकपछि  सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले एमसिसीमा गम्भीर आपत्तिका कुरा रहेकाले संसदबाट पारित गर्न नहुने बताएका छन् ।

उनले एमसिसी संसदमा पेस भए सबै सांसदले मत राख्न पाउनुपर्ने बताए । उनले एमसिसी टेबुल भए एक्लै पाँच घण्टा बोल्ने समेत बताए ।

‘एमसीसीमा गम्भीर आपत्तिका कुरा छन् । यो राष्ट्रलाई घात गर्ने पक्षका कुरा छन् । यी कुरा संशोधन नगरेसम्म संसदबाट पास गर्न दिँदैनौँ,' उनले भने ।

 

शुक्रबार​ ६ फागुन २०७८ ०४:०१ PM मा प्रकाशित

प्रतिक्रिया