काठमाडौं । महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने भयका छन ।
नेपाल समाजवादी पार्टीका महासचिव रमेश प्रसाद यादवले माओवादी केन्द्रको उम्मेदवारी रहेका पालिका र वडाहरुमा सहयोग गर्ने बताए । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा माओवादीका शिवशरण महर्जनले मेयर पदका लागि उम्मेदवारी दिने भएका छन्।
यस्तै, कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा (एकीकृत समाजवादी)ले समर्थन गर्ने भएको छ। शनिबार दुई दलबीच बसेको बैठकले उक्त निर्णय गरेको हो।
काठमाडौं महानगर वडा-१६ को वडा अध्यक्ष पदमा एकीकृत समाजवादीका मिनबहादुर मानन्धरलाई माओवादीले समर्थन गर्ने भएको पुष्पकमल दाहाल 'प्रचण्ड' का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। नेसपा २०७९ मा सम्पन्न संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेको थियो । अहिलेको स्थानीय तह उपनिर्वाचनमा पनि माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर सहभागी हुँदैछ ।
प्रतिक्रिया