×

मीन गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो छैनः महासचिव पोखरेल

images

कोहलपुर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मीन गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो नरहेको बताएका छन् ।  बाँकेको कोहलपुरमा बिहीबार कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी कार्यालय बनाउन जग्गा चाहिएकाले गुरुङसँग १० रोपनी १४ आना जग्गा एमालेले सहर्ष स्वीकार गरेको बताएका हुन् ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रमका निम्ति बाँके आइपुगेका महासचिव पोखरेलले एमालेलाई कमजोर बनाउने तत्वले गलत प्रचार गरिरहेको बताए । ‘उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो,’ महासचिव पोखरेलले भने, ‘हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ।’ 

साथै, उनले गुरुङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको दाबी गरे । साथै एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको पोखरेलले बताए । महासचिव पोखरेलले गुरूङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लगेको कीर्तिपुरको जग्गाको कुनै साइनो समेत नभएको बताए। एमालेलाई कमजोर बनाउन चाहनेहरूले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रुपमा गलत प्रचार गरेको पनि जिकिर गरे। 

बिहीबार १ कात्तिक २०८१ ०१:४३ PM मा प्रकाशित

प्रतिक्रिया