×

वर्षा र पहिरोले शैक्षिक संस्था बन्द

images

निरन्तर वर्षा र पाढीपहिराका कारण सिदिङवा गाउँपालिका र सिरिजङ्गा गाउँपालिका भित्रका सबै शैक्षिक संस्थाहरु बन्द भएको छ  । निरन्तर वर्षाले खोलामा पानीको सतह बढेको र विद्यालय जाने बाटोहरु भत्किएर जोखिम भएसँगै गाउँपालिकाले विद्यालयहरु बन्द गरिएको हो  ।

निरन्तरण वर्षा पहिराका कारण अर्को सूचना प्रकाशन नगरेसम्मका लागि स्कुल बिदाको निर्णय गरिएको सिदिङवा गाउँपालिकाका सूचना अधिकारी सेमन्त भट्टराईले बतानुभयो । सदिङवा गाउँपालिकाले बिहीबारदेखि नै विद्यालय बन्द गरेको छ भने सिरिजङ्गा गाउँपालिकाले आजदेखि अर्को सूचना प्रकाशन नगरेसम्मको लागि गाउँपालिका भित्रको सबै विद्यालयहरु बन्द गर्ने निर्णय भएको सिरिजङ्गा गाउँपालिकाको उपाध्यक्ष चित्र माबोले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खोलामा पानीको सतह बढेको छ । विद्यालय आउने जाने बाटो भत्किएपछि आउन जान नसक्ने भएपछि  अर्को सूचना नआएसम्मका लागि शैक्षिक संंस्थाहरु बन्द गर्ने निर्णय भएको छ ।”

शुक्रबार​ ३ असार २०७९ ०९:२० PM मा प्रकाशित

प्रतिक्रिया