×

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

images

काठमाडौँ : बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको स्रोतले जनाएको छ । सत्तारुढ गठबन्धनको बैठकअघि बसेको मन्त्रिपरिषद् बैठकमा एमसीसी सम्झौताबारे विशेष छलफल हुने जनाइएको छ ।

त्यसैगरी आजको बैठकमा राजदूत नियुक्त लगायतका एजेण्डा रहेका छन् । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एमसीसीबारे छलफल भएपनि सहमति जुट्न सकेन ।


नेकपा माओवादी केन्द्रले आफू सरकारबाट बाहिरिन तयार भएको तर संशोधन नगरी एमसीसी पास गर्न सहयोग नगर्ने बताइसकेको छ ।त्यसैगरी एमसीसीबारे निर्णयक छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज साँझ पाँच बजे बस्ने भएको छ । 

बिहीबार ५ फागुन २०७८ ०४:५२ PM मा प्रकाशित

प्रतिक्रिया