×

हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

images

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन् ।  कुमार, विश्वक्रान्ति, देवराज लामा भन्ने लामालाई काठमाडौँको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएकाे छ।

२०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई सीआईबीले मङ्गलवार पक्राउ गरेको हो ।

 बबरमहलमा ३ जनाको मृत्यु हुने गरी भएको विस्फोटको घटनामा त्यसबेला फरार रहेका लामालाई प्रहरीले अनुसन्धान गरेर अभियोजन गरेको थियो। उनी ०६९ असार १२ गते पाँचथरको भुसपातेमा विस्फोटक पदार्थसहित पक्राउ परेका थिए।

उनी कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर कारागार चलान भएका थिए। केन्द्रीय कारागारबाट २०७६ फागुन ११ ६ गते प्रजातन्त्र दिवसको अवसरमा छुटेका थिए।

मङ्गलबार १ पुस २०८२ ०८:३८ PM मा प्रकाशित

प्रतिक्रिया