×

राष्ट्रिय सभामा अल्पमतमा पर्यो सरकार !

images

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले  सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा परेको छ ।

जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । योसँगै ५९ सदस्यीय राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ । 

राष्ट्रिय सभामा जसपा नेपालका ३ सांसद रहेका छन् । जसपा नेपालले समर्थन फिर्ता लिएपछि अब सरकारको पक्षमा केवल २८ सांसद रहेका छन् । बहुमतका लागि आवश्यक ३० सांसदभन्दा २ सिट कम रहेको छ ।

राष्ट्रिय सभामा कांग्रेसका १६, नेकपा एमालेका १० सांसद रहेका छन् । त्यस्तै हाल सरकारमा रहेको लोसपाको राष्ट्रिय सभामा एक सिट रहेको छ भने राष्ट्रपतिबाट मनोनित सरकारको पक्षमा एक सांसद रहेका छन् । मनोनित तीन मध्ये एक राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल माओवादी केन्द्रका हुन् भने बामदेव गौतम एकीकृत समाजवादीमा जाने निश्चित भएको छ ।

यसरी सरकारको पक्षमा राष्ट्रिय सभामा २८ मत भएको छ ।

त्यसैगरी राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठुलो दल हो । जसका १७ सांसद रहेका छन् भने एकीकृत समाजवादीका ८ सांसद रहेका छन् । त्यस्तै जसपा नेपालका ३ र जनमोर्चाका एक सांसद रहेका छन् ।

 

बुधबार १ साउन २०८२ ०८:०९ PM मा प्रकाशित

प्रतिक्रिया