काठमाडौँ । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा सुरक्षा कमजोरी भएको विषय बाहिर आएको छ । मंगलबार अज्ञात व्यक्तिले ह्वाइट हाउसमा मोवाइल फोन फ्याँकेपछि बन्द गरिएको बताइएको छ ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले कसैले आफ्नो फोन बारमाथि फ्याँकेको बताएकी छन् । सो घटनापछि तुरुन्तै आवश्यक सुरक्षा उपायहरू अपनाउदै ह्वाइट हाउस बन्द गरिएको थियो ।
सो घटना लगत्तै पत्रकारहरूलाई जेम्स ब्राडी ब्रीफिंग रुममा सारिएको थियो भने पेन्सिलभेनिया एभिन्यू अस्थायी रूपमा बन्द गरिएको थियो ।
घटनाको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा थिए र पेन्सिलभेनिया जाने तयारी गरिरहेका थिए । यद्यपि, यो घटनाले उनको कार्यक्रमलाई असर गरेन र उनी आफ्नो निर्धारित समयमा पेन्सिलभेनिया प्रस्थान गरेको बताइएको छ ।
प्रतिक्रिया