×

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

images

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा कायम भएको छ।

यस्तै युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७६ रुपैयाँ २४ पैसा तथा युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८२ पैसा तोकिएको छ।

स्वीस फ्रयांक एकको खरिददर १९० रुपैयाँ ६७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४३ पैसा चल्दा अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४३ पैसा तोकिएको छ।

यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २२ रुपैयाँ ४७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा कायम भएको छ।

थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा हुँदा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३४ पैसा रहेको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा तोकिँदा साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा कायम भएको छ। स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १२ पैसा र बिक्रीदर १६ रुपैयाँ १८ पैसा, डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५८ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ।

कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ६७ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७१ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ४१ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

केन्द्रीय बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने राष्ट्र बैंकको भन्दा केही फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ।

मङ्गलबार २ असार २०८३ ०९:५८ AM मा प्रकाशित

प्रतिक्रिया