×

युक्रेनको सेभेरोदोनेत्स्क सहरमा फसेका नागरिकको उद्धारमा कठिनाइ

images

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क सहरमा हजारौँ नागरिक फसेका र उनीहरूको उद्धारमा कठिनाइ देखिएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

युद्धका क्रममा सहरलाई जोड्ने सबै पुल ध्वस्त पारिएकाले झन्डै १२ हजारलाई बाहिर निकाल्न मुस्किल भएको राष्ट्रसङ्घको भनाइ छ । युद्धग्रस्त क्षेत्रमा फसेकामध्ये धेरैजसो  अजोत केमिकल कारखानाभित्र रहेका छन्।  

धेरैजसो क्षेत्र रुसी सेनाको कब्जामा रहेको सेभेरोदोनेत्स्कमा खानेपानी र सरसफाइ ठूलो चुनौती देखिएकाले त्यहाँका मानिस कतिसम्म पानी विना बाँच्न सक्छन भन्ने चिन्ता बढेको राष्ट्रसङ्घको मानवीय सहायता कार्यालयले जनाएको छ।

सेभेरोदोनेत्स्कमा खाद्यान्न र स्वास्थ्य सामग्रीको पनि अभाव देखिएको खबरमा उल्लेख छ। 

बिहीबार २ असार २०७९ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया