×

अमेरिकासँग एसपीपी सैनिक सम्झौता हुँदैछ भनेर झुटो प्रचार गरियाे : प्रचण्ड

images

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नहुने बताउनु भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले अहिले एसपीपी सैनिक सम्झौता हुँदैछ रे.. भनेर राष्ट्रवादको झुटो प्रचार गरिएको बताउनुभयो । उहाँले त्यस्तो कुनै सम्झौता नभएको र नहुने पनि बताउनुभयो ।

एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम बरु सन् २०१९ मै केपी शर्मा ओलीकै सरकारको पालामा भएको तथ्यहरू बाहिर आएको प्रचण्डको भनाइ छ । उहाँले नेपालको राष्ट्रिय स्वाधीनता र नेपालको विकास र समृद्धिका पक्षमा द्धृढताका साथ उभिने भन्दै सत्ता गठबन्धन यस्तो कुराकाे पछि नलाग्ने पनि दाबी गर्नुभयो ।

बिहीबार २ असार २०७९ १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया