×

प्रधानमन्त्री दाहालद्धारा आठौं पटक मन्त्रिपरिषद् विस्तार

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यो मन्त्रिपरिषद् विस्तार आठौं पटक हो । नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

नेपाली कांग्रेसबाट परराष्ट्रमन्त्री बनेका एनपी साउद र नेकपा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नियुक्त नन्दा चपाईंले शपथ लिएका हुन् ।

शितलनिवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सहभागिता रहेको थियो ।

आइतबार​ ३ बैशाख २०८० ०८:१७ PM मा प्रकाशित

प्रतिक्रिया